चितवनमा ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु



चितवनमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४ त ३१५२ नंको ट्रयाक्टर पल्टिँदा ट्र्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्