दार्चुलामा ३ हजार भन्दा बढिलाई वंशजका आधारमा नागरिकता वितरण



दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले  एक वर्षको अवधिमा ३ हजार भन्दा बढिलाई वंशजका आधारमा नागरिकता वितरण गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७७÷०७८को साउन देखि असार मसान्तसम्म उक्त सङ्ख्यामा नागरिकता वितरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टका अनुसार गत वर्ष वंशजका आधारमा २ हजार १ सय ५५ जना पुरुष तथा १ हजार ४ सय ५९ जना महिला गरी ३ हजार ६ सय १४ जनालाई वंशजका आधारमा नागरिकता वितरण गरिएको छ ।

यस्तै प्रशासनले वैवाहिक अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या १६ जना रहेको जानकारी दिएको छ । १ हजार ७ सय २४ जनाले नागरिकताको प्रतिलिपि जारी प्रशासनबाट भएको छ । यस्तै एक वर्षको अवधिमा ४ जना महिला तथा १४ जना पुरुष गरी १८ जना नाबालक प्रमाणपत्र सिफारिस गरिएको सहायक प्रजिअ जोशीले जानकारी दिनु भएको छ ।

कोरोना महामारीका कारण विभिन्न समयमा कार्यालय बन्द रहे पनि उक्त सङ्ख्यामा नागरिकहरूले नयाँ नागरिकताका साथै अन्य सेवा सुविधा प्रशासनबाट लिएको  उहाँको भनाई रहेको  थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्