सल्यानमा भएका छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु



सल्यानमा भएका छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकामा भएको घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिका –५ मा दुई बालकको आपसी झगडा गरी हानाहान गर्दा १३ वर्षीय सन्दीप परियारको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको छ ।

मङ्गलवार साँझ ८ बजेतिर एक आपसमा झगडा गर्ने क्रममा १२ वर्षीय बालकले जुत्ता सिलाउने सियोले बाँया कानको माथि हाइनी घाइते बनाई मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

यस्तै कालीमाटी गाउँपालिका – ३ रामपुरमा रोकी राखेको टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भासिदा सहचालकको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका –२ सिमलकुनाका अन्दाजी १९ वर्षीय ज्ञान बहादुर ओली रहेको सूचना अधिकारी पौडेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको पौडेलको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्