रिर्पोटका लागि दुईदिन कुर्छनविरामी
रिर्पाेट पाएको समयमा भेटिदैनन डाक्टर
जनशक्ति छैन अस्पताल
गिरिराज नेपाली
दाङ २८ माघ । राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार गर्न आउने विरामीलेहरुले समयमा स्वास्थ्य परिक्षणको रिर्पाेट पाउन सक्दैनन् । जसका लागि विरामीले भए दुई दिन नभए एकदिन त स्वास्थ्य प्रयोगशालको रिर्पाेट पाउन कुर्नु नै पर्छ । यो अस्पतालको नियम नै भईसकेको छ स्वास्थ्य परिक्षणको रिर्पाेट दिउँसो २ बजे पछिे रिर्पाेट विरामीलाई दिने । २ वजे पछि विरामीको हातमा परेको रिर्पाेट हेर्न फेरी डाक्टर नै भेटिदैनन् । कि विरामी अर्काे दिन आउनुपर्छ वा निजी मेडिकलमै गएर रिर्पाेट देखाउनु पर्छ । यो वाध्यताले निकै भोग्नु परेको छ अस्पताल आउने विरामीहरुले ।
घोराही उपमहानगरपालिका – १३ हापुर कलमघारीकी ५९ वर्षिय रुपा नेपाली विहिवार दिन उपचारका लागि विहानै १० वजे अस्पताल आइपुग्नुभयो । तर उहाँले विहिवार स्वास्थ्य प्ररिक्षण गराउनुभयो । तर उहाँले रिर्पाेट पाउनु भएनन । उहाँ फेरी रिर्पाेट लिन शुक्रवार आउनुभयो । तर शुक्रवार पनि रुपाले रिर्पाैट पाउनु भएन प्रयोगशालामा दिएको खकार हराइसकेको रहेछ । उहाँले भन्नुभयो– ‘पहिला दिन दिए , गए अर्काे दिन लिन आए तर त्यै पनि पाएन । ’ फेरी खकार छोडेर आए । समयमा रिर्पाेट नपाउदा आफुले धेरै पीडा खेप्नु परेको उहाँले बताउनुभयो । रिर्पाेट लिन दुई दिन लाग्यो डाक्टर लाई देखाउन कतिदिन लाग्ने हो । अझै कति दुख पाउने हो विरामी परेको मान्छेले । पहिलो देखाउन, दोस्रो दिन लिन र तेस्रोदिन रिर्पाेट देखाउन आउदैमा उपचार भन्दा धेरै पैसा खर्च भएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘दुई÷तीन दिनको आतेजातेमा औषधी गर्ने भन्दा धेरै पैसा सकिन्छ । ’ विरामीहरुले समयमा स्वास्थ्य परिक्षणको रिर्पाेट नपाउदा आतेजाते भाडाँ र पीडा मात्रै होटेलको मंहगो शुल्कमा बासबस्न पनि वाध्य बनेका छन ।
रिर्पाेट माथिको ढिलासुस्तीका कारण विरामीको पीडा सँगै आर्थिक भार पनि खेप्न वाध्य भएको राप्ती गाँउपालिका –५ का हरिकुमार श्रेष्ठले बताउनुभयो । विहान १० वजे आई ११ वजे रगत परिक्षणका लागि दिएको हुँ २ वजे आउनु भनेका छन । ’ दिनभरी ११ वजेदेखी बस्न थालेको विमार ज्यानले धेरै धौ भएको उहाँले बताउनुभयो । पीडा विरामीको मात्रै होईन समयमा रिर्पाेट नपाउदा दर्दले सहेर रिर्पाेट कुर्दा पो हुन्छ भन्दै उहाँले भन्नुभयो – ‘ आफुलाई कतिबेला औषधी खाउलाँ हलुका होला भनेको छु । खै अस्पतालले कति बेला औषधी खान दिने हो । ’ रिर्पाेट ढिलो हुदा , विरामीको पीडाले छटपटाउदा भन्दा पनि अर्काे चिन्ता उहाँलाई रिर्पाेट आइसक्दा सम्म डाक्टर गईसक्ने पो हुन कि ! भन्ने पनि थियो ।
उहाँले भन्नुभयो – ‘रिर्पाेट नआउदा सम्म डाक्टर हुुन्छन । रिर्पाेट पनि आउछ डाक्टर पनि जान्छन । ’ हातमा रिर्पाेट समाउदै डाक्टर खोज्दै हि ड्नु पर्ने अवस्था कतिपय बेला हुने गरेको पनि उहाँले बताउनुभयो । दुईदिन भयो घरवाट हिडेको अझै रिर्पाेट आउने टुङगो छ÷ छैन केही थाहा छैन उहाँले भन्नुभयो । राप्ती उपक्षेत्रिय अस्पतालमा उपचारका लागि आउने विरामीहरुले दैनिक भोग्नुपर्ने पीडा यही नै हो । हामीले केही प्रतिनिधिक मुलुक भनाई मात्रै राखेको । सेवा क्षेत्रमा वढ्दो ढिलासुस्तीका कारण विरामीहरुले एक्सरे , प्रयोगशाला परिक्षणमा यस्तो समस्याहरु भोग्दै आईरहेका छन ।
अस्पतालमा सेवाका लागि उचित प्रविधिहरु रहे पनि प्राविधिक अभावका कारण यस्तो समस्या मौलाउदै गएको अस्पतालको भनाई छ । अस्पतालको स्तर वृद्धि सँगै जनशक्ति वृद्धि नहुदा अस्पतालले सेवा पु¥याउनमा सकस भोग्नु परेको अस्पतालको भनाई छ । राप्ती उपक्षेत्रिय अस्पतालका प्रयोगशाला ईन्चार्ज हिरा पोख्रेलले भन्नुभयो जनशक्ति छैन । सेवा दिन भौतिक संरचना पनि छैन । कसरी हामीले तुरुन्तैको तुरुन्तै सेवा दिन सक्छौ । प्रयोगशाला फाँट ९ जनाको भरमा छ । दैनिक १५० जना विरामीका करिव ४ सय प्रशिक्षण हुन्छन । कसरी आधाघण्टै भित्रै सेवा दिन सक्छौ ।
जनशक्ति व्यवस्थापन हुन नसक्दा दैनिक विरामीहरुले सेवाको सकस खेप्न परेको छ नै ।तर हामीले चाहेर पनि सेवालाई २ वजे भन्दा अघि दिन नसक्ने रहेका छौ । तर हामीले जतिसक्दो छिटाछरितो गर्न प्रयास गरेकै हुन्छौ । जनशक्तिको अभावका कारण अस्पतालमा ईमरजेन्सी र सामान्य प्रयोगशाला फाँट छुट्याउन नसकेको उहाँले बताउनुभयो । जसका कारण ईमरजेन्सीका विरामीहरु लाई पनि प्रयोगशालाको सेवाका लागि कतिपय बेलामा कुराउनुपर्ने वाध्यता रहेको उहाँले बताउनुभयो । तर इमरजेन्सी कक्षवाट आएको निवेदनका आधारमा तुरुन्तै सेवा व्यवस्थापन पनि गरिने उहाँले बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।