कपिलवस्तु को मायादेवीमा हिन्दुवादीले जलाए बाबुराम भट्टराईको पुत्ला



कपिलवस्तु – जिल्ला को मायादेवी गाउँपालिका को पकडी मा जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई को हिन्दु युवा शक्ति मायादेवीले पुत्ला जलाएको छ । हिन्दु युवा शक्ति मायादेवीले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ ।

हिन्दु धर्ममाथि प्रहार गरेको भन्दै हिन्दु युवा शक्ति मायादेवीले ले पकडी मा नाराबाजी गर्दै प्रदर्शन र पुत्ला समेत जलाएको छ । ८१ प्रतिशत सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरूको आरोप छ । हिन्दु विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष हिन्दु युवा शक्ति मायादेवी ले माग गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्