महाराजगंजमा इनारको ढक्कन निर्माण भएको २ महिना नहुँदै भत्किन लाग्यो 



कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले  वडा नं २ करहवा लगायत ७ गाउँ मा रहेका इनारमा  १२ लाख खर्च गरेर निर्माण गरेको इनारको ढक्कन  २ महिना नहुँदै भत्किन लागेको छ ।

महाराजगन्ज नगरपालिका भित्र को पल्टा , करहवा , गनवरिया ,सानो गैडहवा, ठुलो गैडहवा , सानो उनवलिया र  ठुलो उनवलिया गाउँहरू  मा १२ लाख को बजेटमा इनारको संरक्षण गर्ने को लागि  ढक्कन निर्माण गरेको हो ।

जस मध्ये करहवा गाउ मा ढक्कन निर्माण भएको २ महिना नहुँदै फुट्न लागेको छ । ढक्कन निर्माण गर्दा  गुणस्तरहीन सामग्रीको प्रयोग र सिमेन्ट पनि कम प्रयोग भएको कारणले भत्किन लागेको स्थानीयले बताएका छन् ।

ढक्कन निर्माण हुँदा कमसल सामग्रीको प्रयोग गर्दा स्थानीयले विरोध गरे पनि जनप्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासीको गुनासो  रहेको छ । इनारको ढक्कन निर्माण का उपभोक्ता समिति का अध्यक्ष अरुण कुर्मीका अनुसार निर्माण भएको ढक्कन  गुणस्तरहीन रहेको कुरा स्वीकार  गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्