दाङमा शुक्रबार र शनिबार अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप लगाउने तयारी



दाङमा शुक्रवार र शनिवार अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप सबै पालिकाहरूबाट नागरिकहरूलाई दिइने भएको छ । दाङका १० वटै पालिकाहरूको ६८ वटा खोप केन्द्रबाट जोन्सन एण्ड जोन्सन खोप दिन लागेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गत शाहीले जानकारी दिनु भयो । दश वटै पालिकाहरूबाट ५० वर्ष देखि ५४ वर्ष ननाघेका २४ हजार नागरिकलाई खोप दिने तयारी रहेको प्रमुख शाहीले बताउनु भयो ।

१५ र १६ गते दुई दिन सरकारले तोकेको लक्षित समूहका ५० देखि ५४ वर्ष ननाघेका नागरिकहरूलाई खोप दिइने प्रमुख शाहीले बताए । त्यसै गरी १७, १८ र १९ गते अत्यावश्यक सेवाका नागरिक, विदेश जाने नागरिक, र क र ख वर्गका अपाङ्गता भएका ९ हजार नागरिकहरू सहित यो पटक करिब ३३ हजार नागरिकलाई जेनसन एण्ड जेनसन खोप लगाउने लक्ष्य रहेको प्रमुख शाहीले जानकारी दिनु भयो । त्यस बाहेक ईएमरजेन्सी खोप लगाउन पर्ने व्यक्तिहरूलाई पनि जेनसन खोप दिइने उहाँको  भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्