लुम्बिनी प्रदेशको राजधानीको प्रारम्भिक खाका तयार व्यवस्थित सहर बनाउन स्थानीय नागरिकको सल्लाह लिइँदै



मसुरीया(देउखुरी दाङ) । लुम्बिनी प्रदेशको राजधानीको विषयमा विभिन्न खालको कुराहरू आइरहेको बेला सरोकारवालाहरूको सहभागीमामा राजधानी सहरको सम्भावित खाका प्रस्तुत गरिएको छ ।

बिहीबार राप्ती गाउँपालिकाको सभा हलमा प्रदेश पूर्वाधार प्राधिकरणको आयोजनामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका सरोकारवालाहरूमाझ राजधानी सहरको खाका प्रस्तुत गरिएका हो ।

राप्ती उपत्यका र सम्भावित सहरको बारेमा राजधानी सहरको खाका तयार गरिरहको सितारा ईकोकोड , टेक्नोक्रयाट जेभिका परामर्शदाता डा. विजय श्रेष्ठले राप्ती उपत्यकाको सम्भावित खाका प्रस्तुत गदै व्यवस्थित सहर बनाउन आम नागरिकको सल्लाह लिइने बताउनु भएको छ ।

प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख धुब्र मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले राजधानी घोषणा भएपछिको उतार चढावका साथै आगामी दिनमा गर्नुपर्ने तयारी र तीव्रताका बारेमा सम्पुणर्मा सजग गराउँदै सहकार्य तथा समन्वयको लागि सबैमा आव्हान समेत गर्नु भएको छ ।

कार्यक्रममा प्रस्तुत गरिएको सहरको खामामा थप गर्नुपर्ने योजना सहित स्थानीय नागरिकको जीवन स्तर सुधार गर्ने योजनालाई प्राथमिकता दिन र यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय क्षेत्रको सुरक्षाको प्रत्याभूति गराउन छलफल चलाइएको सहरी योजनाकार कुमार धमलाले जानकारी दिनुभएको छ ।

गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, पुर्व सभासद शुशिला चौधरी, रश्मीराज नेपालीले राजधानीको आगमनको विषयमा विचार व्यक्त गर्दै राजधानी शहरको लागि  कामको तीव्रतामा जोड दिनु भएको छ ।

निर्माण गरिने सहरको खाकामा राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति, नियमको परिधिमा रहेको सुहाउँदो सहर निर्माणका लागि सम्बन्धित निकायलाई सिफारिस गरिने योजनाकार धमलाले जानकारी दिनुभएको छ ।

सहभागीबाट यस क्षेत्रको सबल र दुर्वलपक्ष, अवसर र चुनौतिको बारेमा छलफल चलाउँदै  आगामी राप्ती उपत्यका राजधानी सहरको परिकल्पना समेत गरिएको कार्यक्रममा  राजधानी सहर परामर्शदाताका तर्फबाट सहरी योजनाकार कुमार धमला, यातायात योजनाकार डा. प्रदिप श्रेष्ठ, अर्धविद् कुमार भट्टराई, आर्किटेक सुरेन्द्र लुईटेलले राजधानी सहरको सम्भावित खाका माथि प्रस्ट पार्नु भएको थियो ।

सहरी योजनाकार कुमार धमलाले लुम्बिनी प्रदेशको राजधानी सहरको सम्भावित खाका निर्माणको क्रममै रहेकोले राजधानी सहर परामर्शदाताहरूलाई आम नागरिकले सकारात्मक सुझाव दिन सक्ने बताउनु भएको छ जसका लागि मोबाइल नं ९८५१०७६२६५ वा इमेल ठेगाना मा समेत सम्पर्क गर्न सबैमा अनुरोध समेत गरिएको छ ।

बिहीबार आयोजना गरिएको कार्यक्रमका लागि प्रदेश पूर्वाधार प्राधिकरण र राप्ती गाउँपालिकाले सार्वजनिक रूपमै सहभागिताको लागि सूचना सामाजिक सञ्जालबाट प्रकाशन गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्