पर्यटकीय सम्भावना बोकेको विजयनगरकाे शंकरपुर ताल



कपिलवस्तु ।  कपिलवस्तुको सुदूरपश्चिम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल पर्यटकीय सम्भावना  बोकेकोछ । जिल्ला भित्र धार्मिक एवम् पर्यटकीय स्थलहररु धेरै रहेको पाइन्छ । 

केही धार्मिक एवम् पर्यटकीय स्थलहरू  चर्चामा रहेको छ भने कतिपय पर्यटकीय स्थलहरू प्रचारप्रसार नभएको कारणले गर्दा चर्चामा आउन सकेको छैन ।विजयनगर गाउपालिका वडा नं-४ शंकरपुर मा स्थित ताल लगभग ४२ हेक्टर  मा फैलिएको त्यहाँका वडा अध्यक्ष  तिलक राम कँडेलले जानकारी दिनु भयो । तालको विकास र संरक्षण गर्नको लागि आ -आफ्नो ठाउँबाट सबैले पहल  गर्दा त्यसको विकास मात्र सम्भव रहेको कँडेलको भनाइ छ । 

तालमा विशेष गरी गर्मीको मौसममा यहाकाे अवलोकन गर्न निकै आनन्द हुने र गर्मीको मौसममा चिसो हावा सँगै रमणीय दृश्यहरूको अवलोकन गर्न निकै आनन्दको अनुभूति हुन्छ स्थानीय को भनाइ रहेको छ । हाल गाउँपालिकाले प्रतीक्षालय ,पिकनिक स्पोर्ट, शौचालय, धाराको व्यवस्थापन गरे लग्तै आजभोलि चहलपहल बढेको पाइएको छ । पर्यटकीय स्थलको रूपमा विकास गर्न तालको गुरु योजना तयार गरी गद्द्दाघाटबाट शंकरपुर तालमा पानी सञ्चित गर्ने आवश्यक परेको खण्ड सिचाइ गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

शंकरपुर तालको अवलोकन गर्नको लागि  विजयनगर गाउपालिका , शिवराज नगरपालिका , कृष्णनगर नगरपालिका , महाराजगन्ज नगरपालिका , बुद्धभुमि नगरपालिका लगायत अन्य पालिकाहरूको मान्छेहरूले बिस्तारै बिस्तारै अवलोकन गर्नेको सङ्ख्या बढी रहेको छ । 

शंकरपुर तालको विकास र संरक्षण भयो भने त्यहाँ का स्थानीय बासीहरूको आर्थिक  अवस्थामा पनि बिस्तारै वृद्धि हुँदै जाने देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्