कपिलवस्तु बहुमुखी क्याम्पस १ गते देखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने (सूचना सहित)



कपिलवस्तु जिल्ला को सदरमुकाम ताैलिहवा स्थित कपिलवस्तु बहुमुखी क्याम्पस  असोज १  गते देखि भौतिक उपस्थितिमा कक्षा सचालन हुने भएका छन् । ३० गते  बुधवार सूचना जारी गर्दै क्याम्पसले भौतिक उपस्थितिमा कक्षा सचालन हुने सूचनामा उल्लेख रहेको छ ।

१ गते बाट स्नातक तह बिहान ६ बजे देखि अनि स्नातकोत्तर तह ४ :३० बजे देखि कक्षा सञ्चालन हुने गरी सूचना प्रकाशित गरेको छ । स्नातक तहका व्यवस्थापन , शिक्षा शास्त्र र मानविकी सङ्काय प्रथम वर्षको आइतबार , सोमबार र मङ्गलवार अनि दोस्रो वर्षको बुधवार , बिहीबार र शुक्रवारको कक्षा सञ्चालन हुने छ ।

स्नातक व्यवस्थापन , शिक्षा शास्त्र र मानविकी सङ्कायको तेस्रो र चौथो  आइतबार देखि शुक्रवार अनि स्नातकोत्तर व्यवस्थापन , शिक्षा शास्त्रको आइतबार देखि शुक्रवारको कक्षा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्