वादी महिला र वालवालिका पुनः स्थापना माग



गिरिराज नेपाली
दाङ। ९ फागुन । अझै पनि वादी समुदायमा बाबु पहिचान नभएका बालबालिकाहरु र यौन पेशामा संलग्न भएका महिलाहरुको अवस्थामा निकै दहिनिय रहेकाले उनीहको व्यवस्थित पुनःस्थापनाको हुनपर्ने माग गरिएको छ ।

वादी महिलाहरु पाँचौ राष्ट्रिय सम्मेलनको घोषणा पत्र सार्वजानिक गर्दै उनीहरुले अझै वादी यौन पेशामा संलग्न भएका वादी महिलाहरु जन्मिएका वालवालिकाहरु कुनै पहिचान नभएकाले जन्मदर्ता , नागरिक , शिक्षा दिक्षा वाट वञ्चित र महिलाहरु सामाजिक अपहेलना कारण आत्म सम्मानको अनुभुती गर्न नपाएको भन्दै राज्यले महिला र वालवालिकाहरुको व्यवस्थित पुनःस्थापना गर्नुपर्ने माग गरिएको हो । त्यस्तै वादी समुदायको उत्थानका लागि भएका सहमतिहरुको कार्यन्वयन गरिनुपर्ने माग गरिएको छ । २०६५ पौष २३ गते नेपाल सरकारले वादी महिलाहरुको पुुनःस्थापनाका लागि निर्णय अझै कार्यन्वयन हुन नसकिएको उल्लेख गरिएको छ । वादी समुदाय माथिको जातिय विभेद , यौन शोषणको पीडा ,हिंसाको अन्त्यका लागि प्रभावकारी कानुनको निर्माण गरिनु माग गरिएको छ ।

 

वादी समुदायको विकासको लागि समान सहभागिता , राजनीतिक आर्थिक र सामाजिक सहभागिताको सुनिश्चित गरिनुपर्ने , वादी समुदायको कला संरक्षण गर्दै कला संस्कृतिको विकास आधुनिकिकरण व्यावस्था मिलाउनुपर्ने , वादी समुदायको व्यवस्थित वस्ती विकास , सम्पत्ती माथिको अधिकार , निशुल्क शिक्षाको व्यावस्था , परिचय पत्रको आधारमा उपचार सेवा र करहरु ५० प्रतिशत छुंट , यौन व्यावसायमा संलग्न भएका महिलाहरु जो एकल रुपमा बसोवास गर्दै आईरहेको उनीहरु लाई सामाजिक सुरक्षा भत्ताको व्यावस्था गरिने पर्ने र राज्य द्वारा गठित संबैधानिक आयोग , समिति र प्रतिष्ठानहरुमा वादी महिलाहरुको प्रतिनिधित्व सुनिश्चितता गरिनुपर्ने माग गरिएको छ । 

घोषणा पत्र सार्वजानिक कार्यक्रमका दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला कुमारी ‘गुप्ता’ वादीले वादी महिलाहरु अन्यायमा पेल्सिदै आईरहेकाले राज्यले त्यसको उचित न्याय दिलाउनुपर्ने माग गर्नुभएको थियो । उहाँले भन्नुभयो ‘ अझै वादी समुदाय र महिलाहरु विभेद र अन्यायमा बाँचिरहेका छौ । ’ जसका सामाजिक न्याय र आत्म सम्मान वादी समुदायले चाहेको उहाँले बताउनुभयो ।

त्यस्तै उक्त कार्यक्रममा वादी अगुवा तथा वादी समुदाय उत्थान विकास समितिका पुर्व उपाध्यक्ष पुष्पा वादी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन लगाएतकाले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण दलित महिला एकता केन्द्र दाङका कार्यक्रम संयोजक जनक नेपालीले गर्नुभएको थियो ।

त्यस्तै सम्मेलनले वादी महिला अधिकार संघर्ष समितिको नयाँ नेतृत्व चयन गरेको छ । अनमिका नेपाली ‘ वादी ’ को अध्यक्षतामा १२ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कल्पना नेपाली ‘ वादी ’, सचिवमा सरिता नेपाली ‘ वादी ’, कोषाध्यक्षमा कलावती वादी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कमला नेपाली ‘ वादी ’, बिस्ना नेपाली ‘ वादी ’, तुल्सा नेपाली ‘ वादी ’, सिर्जना नेपाली ‘ वादी ’, चम्पा नेपाली ‘ वादी ’, सतमा नेपाली ‘ वादी ’ र शान्ता नेपाली ‘ वादी ’ रहनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्