तुलसीपुरका मेयरद्वारा अपाङ्ग अध्ययन केन्द्र भवनको शिलान्यास




तुलसीपुर । माध्यमिक विद्यालय काला खोलामा अपाङ्ग अध्ययन केन्द्र भवनको शिलान्यास गरिएको छ । अध्ययन केन्द्रको शिलान्यास गर्दै तुलसीपुर उपमहागनउपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले समावेशी नमुना विद्यालयको रूपमा विकास गर्नुपर्ने
बताउनुभयो ।

विद्यालयको भौतिक, शैक्षिक सुधारका लागि तुलसीपुर उपमहानगरपालिकाले ४ वर्षको अवधिमा निक्कै काम गरेको बताउँदै निर्वाचनमा गरेका बाचा मध्य अधिकांश कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा छाया नेपालका निर्देशक कमल थापा, तुलसीपर उपमहानगरपालिका–७ का वडा अध्यक्ष टोपबहादुर केसी, विद्यालयका प्रधानाध्यापक राजिभ ओझा, सहायक प्रधानाध्यापक छविलाल न्यौपाने लगायतले बोल्नु भएको थियो । ६७ लाख लागतमा करेसाबारी सहित ६ कोठे भवन बन्ने भएको छ । यसै गरी कालाखोला माविको लाइबेरीको पनि नगर प्रमुख पाण्डेले निरीक्षण गर्नुभएको छ । भवन एक वर्षमा सम्पन्न गर्ने सम्झौता भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्