ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु



मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढी पहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्।

वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढी पहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढी पहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढी पहिरोबाट सयौँ परिवार विस्थापित भएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्