महाराजगंजको ११  वटै वडामा  नेकपा एमालेको अधिवेशन सम्पन्न 



महाराजगंज :  कपिलवस्तुको महाराजगंज नगरपालिकामा ११ वटै वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम वडा कमिटी अधिवेशन सम्पन्न थियो ।

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिवार मुलुकभर वडा स्तरका अधिवेशन गरिएको  । महाराजगंजको ११ वटै वडामा निर्विरोध सर्वसम्मत रूपमा वडा कमिटी चयन गरिएको थियो  ।

आज सम्पन्न नेकपा एमाले महाराजगंज नगर कमिटीको वडा कमिटी अधिवेशनबाट नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा जगदीश प्रसाद तेली, वडा नम्बर २ को अध्यक्षमा हेमन्त कुमार चौहान, वडा नम्बर ३ को अध्यक्षमा मोहम्मद अलि धुनिया, वडा नम्बर ४ को अध्यक्षमा मकबुल अहमद चौधरी, वडा नम्बर ५ को अध्यक्षमा धर्म किशोर मौर्य, वडा नम्बर ६ को अध्यक्षमा शिवपुजन यादव, वडा नम्बर ७ को अध्यक्षमा खालिद मुसलमान, वडा नम्बर ८ को अध्यक्षमा कृष्णप्रसाद कोहार, वडा नम्बर ९ को अध्यक्षमा  फरीद अहमद, वडा नम्बर १० को अध्यक्षमा इलियास अहमद,वडा नम्बर ११ को अध्यक्षमा मगनी राम गुप्ता निर्विरोध निर्वाचित हुनु भएको थियो ।

महाराजगंजको सबै वडामा सहमतिमा वडामा नेतृत्व चयन गरिएको नेकपा एमाले महाराजगन्ज नगर कमिटी अध्यक्ष निजामुद्दीन डफालीले जानकारी दिनुभयो थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्