पाकिस्तानमा पैगम्बर मोहम्मदको गरिएको अपमान प्रति इत्तेहाद नेपालद्वारा विरोध (विज्ञप्ति सहित)



कृष्णनगर, कपिलवस्तु,  l इत्तेहाद नेपाल कपिलवस्तु संस्थाले पाकिस्तानको फैसलाबाद स्थित टाइम सिरोमिक्स लिमिटेड कम्पनीले उत्पादन गर्ने टायलमा पैगम्बर मोहम्मदको नामको अगाडि त्यहाँ काम गर्ने चिनियाँ नागरिक हरूले पीबीयुएच शब्द थपे पछि विवाद सुरू भएको अवस्थाको समाचार माध्यम तथा सामाजिक सञ्जालमा आएको हुँदा चिनियाँ नागरिक हरूले गरेको पैगम्बर मोहम्मदको अपमानको घोर निंदा तथा विरोध गरिएको प्रेस विज्ञप्ति इत्तेहाद नेपाल कपिलवस्तुले निकालेको छ l

उक्त प्रेस विज्ञप्तिमा चाइनाको विस्तारवादी नीतिको विरोध गर्दै चाइनामा उइगर मुस्लिम माथिको दमनको समेत विरोध गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ l

साथै अब पैगम्बर मोहम्मद सहबको अपमान गर्ने कुनै पनि प्रकारको कार्य सहन नहुने समेत इत्तेहाद नेपाल कपिलवस्तु का अध्यक्ष किफायतुल्ला खांको हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको छ l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्