अनुशासित र शिक्षित नागरिकले नै सभ्य समाज निर्माण गर्छ : राज्यमन्त्री श्रेष्ठ



दाङ,  । लुम्बिनी प्रदेशका ऊर्जा सिँचाइ तथा जलश्रोत राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले अनुशासित र शिक्षित नागरिकले नै सभ्य समाज निर्माण गर्ने बताउनु भएको छ । दाङको घोराही—१५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेको हलको निरीक्षण गर्दै उहाँले गुणस्तरीय शिक्षासँगै अनुशासित नागरिक तयार गर्न शिक्षकहरूलाई निर्देशन दिनभयो ।

समाज विकासको पहिलो आधार नै शिक्षा भएको भन्दै राज्यमन्त्री  श्रेष्ठले युग सुहाउँदो शिक्षा दिने वातावरण बनाउनका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा विद्यालयको कक्षा कोठा थप सहित आवश्यक पूर्वाधार निर्माणका लागि सहयोग गर्न माग गर्दै विद्यालयले राज्यमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा विद्यालयको पूर्व तर्फको खाली जग्गामा भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिन, थप कक्षा कोठा निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिन, विद्यालयको कम्पाउण्डमा टायल लगायतका पूर्वाधार निर्माणमा आवश्यक सहयोग गरिदिन र कम्प्युटर ल्याबलाई व्यवस्थित र थप गर्नका लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले ज्ञापन पत्र बुझाउनुहुँदै आवश्यक बजेट विनियोजनका लागि अनुरोध गर्नुभयो । ज्ञापन पत्र बुझ्दै राज्यमन्त्री श्रेष्ठले  विद्यालयको भौतिक विकासका लागि  आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्