सीप सिकौँ आत्मनिर्भर बनौँ सम्बन्धी १ दिने अभिमुखीकरण



दाङ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) ले १ दिने अभिमुखीकरण गरेको छ ।

‘सीप सिकौँ आत्म निर्भर बनौँ’ भन्ने उद्देश्य सहित MEDPA ले लमही नगरका १ र ९ नम्बर वडामा अभिमुखीकरण गरिसकेको छ ।  वडा स्तरीय टोल विकास संस्थाका पदाधिकारी, वडा कर्मचारी, जनप्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवी हरूको बिच MEDPA ले अभिमुखीकरण गरिरहेको छ ।

मङ्गलवार लमही नगरको वडा नम्बर ७ मा पनि अभिमुखीकरण सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष गिरीले सीप सिकाएर आत्म निर्भर बनाउने MEDPA को कार्यक्रम प्रशंसनीय रहेको बताए । सीप सिकेर व्यवहारमा लागू गर्दै आत्म निर्भर बन्न वडाध्यक्ष गिरीले सम्पूर्ण वडावासीलाई हौसाए ।

लमही नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा लमही नगरपालिका ७ अन्तरगतका ४ ओटा टोल विकास संस्थालाई समेटेर सहभागिता मूलक ग्रामीण लेखाजोखा सम्बन्धी बृहत् कार्यक्रम गरिने निर्णय भएको छ । 

अर्जुन खोला टोल विकास संस्था, कमानपुर, हसनापुर र बनौँ टोलबिकाश संस्था अन्तरगत बसोबास गरिरहेका नागरिकका लागि विभिन्न सिप प्रदान गर्नका निम्ति यही १६ गते ग्रामीण लेखाजोखा कार्यक्रम गरिने भएको हो ।

सोही अवसरमा कार्यक्रम बारे जानकारी गराउँदै सहभागिता मूलक ग्रामीण लेखाजोखा कार्यक्रम, नक्सा निर्माण र विभिन्न आयमूलक सीप प्रदान गरिने उद्यम विकास सहजकर्ता प्रमीला योगीले जानकारी दिइन । सीप सिकेर आयमूलक कार्यमा जोडिनका लागि MEDPA ले सहुलियत ब्याजदरमा ऋण उपलब्ध समेत गराउने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्