वैवाहिक जीवनमा ह्यान्डसम वा राम्री बुढाबुढी कि कुरा बुझ्ने ?



वैवाहिक जीवनमा रूप महत्त्वपूर्ण कि गुण ? यसमा निर्विवाद जवाफ हो, गुण । तर, जब बिहेको कुरा आउँछ, गुणभन्दा पहिले रूपमा चियोचर्चा हुन्छ । जो कोही चाहन्छन्, सुन्दर अनुहार र आकर्षक जिउडाल भएको व्यक्तिलाई नै आफ्नो जीवनसाथी बनाउन चाहन्छन् । तर, विवाहपछि त्यो शारीरिक सुन्दरता भन्दा उनको गुण-अवगुणले बढी महत्त्व राख्छ । त्यसो भए के कुनै वैवाहिक सम्बन्ध आफ्नो पार्टनर सुन्दर नभएको बहानामा तोडिन सक्छ ? पटक्कै सक्दैन । एक पटक बिहे गरिसकेपछि सुन्दरताको विषय गौण बन्ने भुक्तभोगीहरू बताउँछन् ।

आकर्षण के हो ? : ‘आकर्षण’ शब्दलाई धेरै किसिमले परिभाषित गर्न सकिन्छ । कसैले यसका लागि बायोलोजिको सहारा लिन्छन् । कसैले वैचारिक-भावनात्मक समानतालाई महत्त्व दिन्छन् भने कसैले आफ्नो पार्टनरमा ती गुणहरूको खोजी गर्छन् जुन उनीहरूमा हुँदैन । बायोलोजिकल सिद्धान्तले भन्छ कि प्रकृति (हार्मोन्स वा प्रेमको भावना) ले पार्टनरको चयनमा काम गर्छ । जबकि व्ज्यवहारिक धारणाले मान्छ कि भविष्यमा कोसँग बिहे हुन्छ यसको बीउ बाल्यकालमा नै रोपिएको हुन्छ । मानिसहरू पार्टनरमा ती गुण देख्न चाहन्छन् जुन आफ्नो बुवा आमामा पाउँछन् । केटीहरूका लागि पिता आदर्श हुन्छन् भने केटाहरू आफ्नी आमाबाट प्रभावित हुन्छन् । बिना कुनै आकर्षण पनि वैवाहिक सम्बन्ध सुमधररुपमा अघि बढेका धेरै घटना पाइन्छन् । यसका पछाडि थुपै्र सामाजिक-आर्थिक र नैतिक आधारहरू हुन्छन् ।

‘अमिल्दो जोडी’ नै हुँदैन : केही सम्पत्तिलाई उनीहरूको सर्कलमा ‘परफेक्ट कपल’ कहलाउँछन् भने कुनै सम्पत्तिलाई ‘मिसम्याच्ड’ अर्थात् अमिल्दो जोडीको ट्याग लगाइन्छ । कस्तो जोडीलाई अमिल्दो भन्ने ? यसको कुनै मानक छैन । पार्टनरहरूबिच सम्पर्क, संवाद र एक अर्काप्रति स्वीकार्यताको आधारमा दाम्पत्य सम्बन्ध टिकेको हुन्छ । आमरुपमा हेर्दा, केही समय सँगै बिताएपछि मात्रै पति र पत्नीको वास्तविक स्वभाव प्रकट हुन थाल्छ । जब कसैले आफ्नो पार्टनरलाई मानसिक, शारीरिक, भावनात्मक वा आर्थिक आधारमा स्वीकार गर्न सक्दैन, त्यतिबेला ‘मिसम्याच्ड’ को अवधारणा काम लाग्छ ।

सुन्दरता आँखामा हुन्छ : प्रेमका डुबेका जोडीहरूको आँखाले एक-अर्कामा गुणैगुण खोज्छन् । वास्तविक जीवनमा कथित ‘मिसम्याच्ड कपल’ कमै देखिन्छन् किनकि हरेक व्यक्तिले आफ्नो लागि उपयुक्त पार्टनर नै खोजेको हुन्छ । अनुहार हेरेर कसैको मूल्याङ्कन गर्न सकिँदैन । एक वैवाहिक वेबसाइटले केही वर्षअघि गरेको सर्भेक्षणमा ३३ प्रतिशत पुरुष र ४३ प्रतिशत स्त्रीले भनेका थिए कि उनीहरूले प्रम वा बिहे गरेको व्यक्तिसँग सुरुमा आकषिर्त थिएनन् तर बिस्तारै आकर्षण बढ्दै गयो । वास्तवमा सुन्दरता हेर्नेको आँखामा भर पर्छ ।

परिभाषा बदलिन्छ : नेपाली समाजको सन्दर्भमा हेर्दा पतिभन्दा पत्नी सुन्दर देखिनुपर्छ भन्ने मान्यता राखिन्छ । परम्परागत सोचअनुसार पुरुषको कमाई र स्त्रीको सुन्दरता महत्त्वपूर्ण हुन्छ । अघिल्लो वर्ष साइकोलोजिकल साइन्समा प्रकाशित एक रिपोर्टका अनुसार आकर्षक व्यक्तित्व हुनुले नै सम्बन्धमा सन्तुष्टि प्राप्त हुँदैन । पति र पत्नी दुवै सुन्दर छन् भने पनि सम्बन्ध टिकाउ र सुमधुर हुने ग्यारेन्टी गर्न सकिँदैन । सेलिबि्रटीहरुमा सम्बन्ध तोडिने प्रवृत्ति बढी हुनु यसैको द्योतक हो 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्