हुनेवाला पतिको लागि यति कडा नियम ? यी युवतीसँग कसले गर्ला बिहे ?



काठमाडौं । एक टिकटकरले आफ्नो हुनेवाला पतिको विषयमा केही कुराहरू पोस्ट गरेकी छिन् जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बेली नामकी यी टिकटकरले बिहेका केही कडा नियमहरूको सूची बनाएकी छिन् । यी नियमहरू उनका पतिले पालना गर्नुपर्नेछ ।

टिकटकर बेलीले भिडियो शेयर गर्दै लेखेकी छिन् ‘विवाहपछिको लागि मैले मेरो लागि र मेरो पतिको लागि केही नियम बनाएकी छु । यी नियमहरू सुनेर धेरै जनालाई रिस उठ्न सक्छ । पहिलो नियम अनुसार हामी दुवै पति पत्नी कुनै पनि विपरीत लिङ्गका व्यक्तिसँग मित्रता गर्ने छैनौँ । दोस्रो नियम अनुसार हामी दुवैले अफिसमा विपरीत लिङ्गका व्यक्तिहरूसँग एक अर्कालाई एक्लै छोड्ने छैनौँ ।’

तेस्रो नियमबारे बताउँदै बेलीले भनिन् ‘हामी दुवैले एक अर्कालाई नबत्ताई विपरीत लिङ्गका कुनै पनि व्यक्तिलाई फोन वा म्यासेज गर्ने छैनौँ । यदि फोन वा म्यासेज गर्नै पर्ने भए पहिले एक अर्कालाई बताउनु पर्नेछ । चौथो नियम अनुसार हामी दुवैले कुनै पनि पोर्न भिडियो हेर्ने छैनौँ ।’

बेलीले भिडियोमा अन्तिम र सबैभन्दा महत्त्वपूर्ण नियमबारे बताउँदै भनेकी छिन् ‘हामी दुवै एक अर्कालाई सबैभन्दा धेरै महत्त्व दिनेछौँ । यहाँसम्म कि आफ्ना माता पिता भन्दा पनि माथि आफ्नो पार्टनरलाई राख्नेछौँ ।’  अहिलेसम्म बेलीको यो भिडियोलाई २.३ मिलियन भन्दा धेरैले हेरिसकेका छन् । मानिसहरूले यसप्रति अनौठा प्रतिक्रिया पनि दिएका छन् । डिसीनेपालबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्