श्रीमानसँग सम्बन्ध विच्छेद गरेर कुकुरसँग बिहे, भनिन् ‘कुकुरले श्रीमानले भन्दा खुसी राख्छ’



काठमाडौं। आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी एक महिलाले आफूले पालेको कुकुरसँग बिहे गरेकी छिन् । यी महिलाका अनुसार उनलाई उनका श्रीमानले भन्दा यो कुकुरले धेरै खुसी राख्छ । बेलायतको लण्डनकी यी महिलाले धूमधामले कुकुरसँग बिहे गरिन् । बिहेमा २ सय पाहुनाहरू सहभागी भएका थिए । ४७ वर्षकी अमांडा रेजर्स नामकी यी महिलाले आफू कुकुरसँग बिहे गरेर धेरै खुसी भएको बताएकी छिन् ।

सम्बन्ध विच्छेदपछि धेरै महिनासम्म अमांडा एक्लै रहिन् । तर, अब बिहे गरेपछि उनी आफ्नो नयाँ पार्टनर शेबासँग खुसी छिन् । रेजर्सका अनुसार शेबाले उनलाई श्रीमानले भन्दा खुसी राख्छ । अमांडाले शेबासँग पुरै रीतिरिवाजसँग बिहे गरिन् र कुकुरलाई चुम्बन गरेर पति मानिन् । द सनमा प्रकाशित रिपोर्टअनुसार लण्डनमा एक टिभी शोमा कुरा गर्दै अमांडाले कुकुर २ महिनाको हुँदा आफ्नो ऊसँग प्रेम भएको बताइन् । उनका अनुसार उनलाई त्यति बेलै विश्वास भएको थियो कि एक दिन उनीहरू एक हुनेछन् । डिसी नेपालबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्