मिल्दो केटा नपाउँदा आफैंसँग बिहे, ९० दिनमै फेरि आफैंसँग डिभोर्स



काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैँसँग बिहे गरेकी थिइन् । तर, अब उनी आफूसँग सम्बन्ध विच्छेद गर्न चाहन्छिन् । क्रिसका अनुसार उनी पुरुषहरूमाथि विश्वास गरेर थाकिसकेकी थिइन् । उनले कुनै पनि चित्तबुझ्दो पार्टनर पाएकी थिइनन् त्यसैले आफैँसँग बिहे गरेकी थिइन् ।

ब्राजिलियन मोडल क्रिसका अनुसार आफैँसँग बिहे गरेपछि उनी निकै खुसी थिइन् र उनलाई कसैको पनि कमी महसुस हुँदैनथ्यो । उनलाई आफ्नो कुनै दुलाहा नभएकोमा पनि कुनै दुःख थिएन । तर, अब भने उनी आफैँसँग डिभोर्स गर्न चाहन्छिन् किनकि उनको जीवनमा यस्तो व्यक्तिको प्रवेश भएको छ जोसँग उनलाई प्रेम छ र उनलाई यी व्यक्ति उनको जीवनसाथी बन्न लायक छन् भन्ने लाग्छ ।

क्रिसका अनुसार उनलाई आफैँसँग बिहे गरेपछि ९० दिनको समय पर्याप्त भयो अब उनी आफ्नो प्रेमसँग बिहे गर्न चाहन्छिन् । उसअघि क्रिसले सेप्टेम्बरमा आफैँसँग बिहे गरेर आफूलाई धेरै राम्रो लागेको बताएकी थिइन् । उनले ब्राजिलको साओ पाउलोमा एक क्याथोलिक चर्चमा आफैँसँग बिहे गरेकी थिइन् । उनले आफ्नो बिहेको तस्बिर शेयर गरेकी थिइन् । तस्बिरमा कैयौँले उनको आलोचना गरेका थिए । त्यसपछि क्रिसले आफूले कमेन्ट पढ्दै नपढ्ने बताएकी थिइन् । डिसीनेपालबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्