धेरै सेक्स गरेर बिरामी भए प्रसिद्ध अभिनेता



काठमाडौं। हलिउड अभिनेता विल स्मिथ आफ्नो बायोग्राफीका कारण अहिले सामाजिक सञ्जालमा ट्रण्ड गरिरहेका छन् । स्मिथले आफ्नो बायोग्राफीमा गर्लफ्रेण्डसँग ब्रेकअपपछि एक समय उनले अत्यन्तै धेरै महिलाहरूसँग शारीरिक सम्बन्ध बनाएर बिरामी भएको दाबी गरेका छन् । ५३ वर्षका विलको यो किताब यही महिनाको सुरुमा सार्वजनिक भएको थियो । यसमा उनले आफ्ना याद र अनुभवलाई साझा गरेका छन् ।

विलले आफ्नो किताबमा लेखेअनुसार मेलानी नामकी एक किशोरीसँग १६ वर्षको उमेरमा सम्बन्ध अन्त्य भएपछि उनी ठूलो मात्रामा यौन सम्बन्ध बनाउन थालेका थिए । विलले लेखेका छन् ‘ब्रेकअप मेरो लागि निकै असहनीय भएको थियो । त्यसपछि म धेरै महिलाहरूसँग सम्बन्ध बनाउन थालें । यसका कारण मेरो शरीरमा साइकोसोम्याटिक डिसअर्डर विकसित भयो । त्यसपछि मलाई सेक्सपछि लगातार बान्ता हुन्थ्यो ।’

स्मिथका अनुसार उनी गर्लफ्रेण्डसँग सम्बन्धमा हुँदा उनको केवल अर्की एक महिलासँग सम्बन्ध थियो तर ब्रेकअपपछि यो पूरै बदलियो । पेज सिक्समा प्रकाशित रिपोर्टका अनुसार विलले अगाडि भनेका छन् ‘त्यसको केही महिनामै मैले यति धेरै महिलाहरूसँग यौन सम्बन्ध बनाएँ कि एक समय म बिरामी भएँ ।’ विलले २ पटक विवाह गरेका हुन् । उनले जेडा पिंकेटसँग दोस्रो विवाह गरेका थिए जो अहिले पनि उनकी पत्नी छिन् । डिसीनेपालबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्