११ पटक बिहे गर्दा पनि महिलाको रहर पुगेन, फेरि बिहे गर्न केटा खोज्दै



काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे गर्न अर्को बेहुला खोज्दै छिन् । महिलाको नाम मोनेट हो । उनलाई बिहे गर्ने लत लागिसकेको छ ।

डेली मिररका अनुसार यी महिलाले सानै हुँदा आफ्ना दाजुका साथीहरूसँग बिहे गर्ने कल्पना गर्थिन् । हाइ स्कुलको पढाइ पूरा गरेपछि मोनेटले पहिलो बिहे गरिन् । त्यसपछि उनले ९ फरक फरक पुरुषसँग ११ पटक बिहे गरिन् । तर, यीमध्ये कुनै पनि बिहे लामो समयसम्म चल्न सकेन ।

मोनेट अहिले ५२ वर्षकी भएकी छिन् । तर अहिलेसम्म पनि उनी परफेक्ट पार्टनरको खोजीमा छिन् । टिएलसी न्यूज च्यानलसँग कुरा गर्दै मोनेटले भनिन् कि उनी योभन्दा पनि धेरै मानिसहरूसँग बिहे गर्न सक्थिन् । उनलाई २८ अरू बिहेका प्रस्ताव आएका थिए ।

उनले पटक पटक आफ्नो बिहे टुटेका कारण निराश नभएको बताइन् । मोनेट अहिले ५७ वर्षका जोनलाई २ वर्षदेखि डेट गरिरहेकी छिन् । जोनसँग यसअघि पनि २ पटक मोनेटको बिहे भइसकेको छ । डिसीनेपालबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्