७७ वर्षे र २० वर्षीया युवती बीच यस्तो प्रेम !



एजेन्सी । मलाई न जात, न धर्म, न उमेर, न देश केहीले पनि छेक्दैन भन्ने उदाहरण बेलायत निवासी एक वृद्ध र म्यानमारकी एक युवतीले देखाएका छन्।  म्यानमारकी जो नामकी २० बर्सिया युवती र बेलायतका डेभिड नामका ७७ वर्षीय वयोवृद्धबीच गहिरो प्रेम बसेको हो। 

द सन वेबसाइटका अनुसार युवती विद्यार्थी हुन् भने उनका प्रेमी डेभिड सङ्गीतकर्मी। यी दुई पछिल्लो डेढ वर्षयता एक अर्काको माया प्रेममा डुबेका हुन्। 

डेभिडका सन्तान छैनन्। दुई जनाबिच ५७ वर्षको उमेर अन्तर मात्र होइन, उनीहरू हजारौँ माइल टाढा पनि छन्। तर पनि उनीहरूबिचको प्रेमलाई यी कुराले छेक्न सकेका छैनन्। 

उनीहरूबिच १८ महिनाअघि एक डेटिङ साइटका माध्यमबाट भेट भएको थियो।  ७७ वर्षका डेभिड रोमान्टिक स्वभावका छन्। उनी फ्लर्टिङ गर्न कहिलेकाहीँ डेटिङ साइट चाहर्थे। उनी आफूलाई सधैँ जवान ठान्छन् र त्यहीअनुसारका कुरा र व्यवहार गर्छन्।

उनका अनुसार उनी आफूभन्दा ५० वर्ष कम उमेरकी केटीसँगै सम्बन्ध राख्ने सोचमा थिए। यही क्रममा डेटिङ साइटमा उनले २० बर्सिया जोलाई फेला पारे। 

तर जोले सुरुमा आफू बेलायतमै रहेको भनेर झुटो बोलेकी थिइन्। किनकि उनी बेलायतमै पार्टनर खोजीमा थिइन्। तर प्रेम गहिरिँदै गएपछि जोले आफू म्यानमार रहेको वास्तविकता बताइन्। 

डेभिड र जो अहिले एक अर्कालाई राम्रो साथी र जिवनसाथी नै ठान्न थालिसकेका छन् । उनीहरू दुवैजना म्यानमारको आन्तरिक अवस्था र कोभिडका कारण एक अर्काबाट टाढा रहेको डेभिड बताउँछन् ।

डेभिड र जो अहिले यति गहिरो प्रेममा डुबिसकेका छन् कि चाँडै भेटेर बिहे गर्ने योजनामा छन्। पासपोर्ट बन्नासाथ जो आफ्ना प्रेमी डेभिड भेट्न बेलायत जाने सोचमा छिन्।  आफु जो को मेन्टरसँगै लाइफ पार्टनर पनि बन्नेवाला भएकोले निकै खुसी रहेको डेभिड बताउँछन् । छिटै बिहे गर्ने उनीहरूको योजना छ । जो को पासपोर्ट बनेसँगै उनी डेभिडलाई भेट्न बेलायत आउने योजना बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्