देउखुरीको पिपरीमा बसको ठक्करबाट १ महिला सहित बसमा सवार ३ जना घाइते



सिसहनियाँ । दाङको देउखुरीमा यात्रुवाहक बसको ठक्करबाट एक महिला सहित बसमा सवार ३ जना घाइते भएका छन् । सोमवार बेलुका ५ बजेको समयमा नारायणघाढ देखि नेपालगन्ज जाँदै गरेको भे १ ख २७८६ नम्बरको यात्रुवाहक बसले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा घाँस बोकेर हिँडिरहेकी एक महिलालाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको छ ।

बसको ठक्करबाट राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ६० बर्सिया घनमाया उलङमगर, बसमा सवार लमही नगरपालिका २ निवासी ४५ बर्सिया रामबहादुर चौधरी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवै जनालाई सिसहनियाँमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

यस्तै बसमा सवार बैजनाथ गाउँपालिका ६ बाँके निवासी ५३ बर्सिया द्रोपता पुन र सोही ठाउँ निवासी ३७ बर्सिया विमला पुन सामान्य घाइते भएका छन् । उनीहरूको सिसहनियाँमा उपचार भइरहेको छ । ठक्कर दिने बसका चालक भने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्