मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु



दाङ । देउखुरीमा ट्रकको पछाडि मोटर साइकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी २० वर्षीय सन्दीप चौधरीको दुर्घटनामा परी मृत्यु भएको हो ।

सोमबार बेलुका दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चौधरीलाई लमही अस्पतालमा सामान्य उपचार गरी भैरहवा रेफर गरिएको थियो । चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मङ्गलवार बिहान मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । चौधरीको खुट्टामा गहिरो चोट लागेको थियो ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत कमानपुर जङ्गल क्षेत्रमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ३३८३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा रा ३ प ३१०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

गाडी र चालक अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्