विवाहमा हिँडेकाे बस दुर्घटनाग्रस्त, कम्तीमा ९ जनाकाे मृत्यु !



काठमाडौँ। एक वैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरू कैयौँ व्यक्ति घाइते भएका छन् ।

घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो । विवाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो ।

यसमा परेर घाइते भएकाहरूको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ ।–सिन्ह्वा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्