ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीकाे ज्यान गयाे



सर्लाही । लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोक मार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ट्युसन पढ्न जाने क्रममा पैदल हिँडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो । बालकको श’व जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । 

घटना लगत्तै स्थानीय र विद्यार्थीको समूहले केही बेर पूर्व पश्चिम लाेकमार्गमा टायर बालेर अवरुद्ध गरेका थिए । सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्