विद्यार्थीको मृत्यु प्रकरण: स्थानीय र विद्यार्थीद्वारा प्रदर्शन



सर्लाही  । सर्लाहीमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्युको विरोधमा स्थानीय र विद्यार्थीहरू प्रदर्शन गरिरहेका छन् ।

आज (सोमबार) बिहान जिल्लाको लालबन्दी नगरपालिका वडा नम्वर ९ स्थित पूर्व–पश्चिम लोक मार्ग अन्तर्गत बस्तीपुर चोकमा  चन्द्रनगर गाउँपालिका वडा नम्वर १ रतनपुर निवासी १६ वर्षीय दीपेन्द्र यादवको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिँडिरहेका बेला यादवलाई ना. ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लाल बन्दीले जनाएको छ ।

उनी लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।

घटना लगत्तै स्थानीय र विद्यार्थीको समूहले टायर बालेर सडक अवरुद्ध गरेका छन् । प्रदर्शनकारीलाई सम्झाइ–बुझाइ गरेर सडक खुलाइएको सर्लाही प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्