मर्निङ वाल्कमा हिँडेकी कमलाको गाडीको ठक्करबाट मृत्यु




रुपन्देही । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका -१ निलागेटमा आज बिहानै बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती ३५ वर्षीया कमला रेश्मी रहेकी छन् । आइतबार बिहानै मर्निङ वाल्कको क्रममा उनलाई गाडीले ठक्कर दिएको हो ।

परासी स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा रेग्मीको मृत्यु भएको हो । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले पैदल हिँडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात् फरार रहेका बसका चालकको र गाडीलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्