दुर्घटनामा गम्भीर घाइते नर्स निशा सुब्बाको निधन



काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारका क्रममा शनिवार बिहान निधन भएको हो ।

सुब्बाको पुस ३ गते स्कुटर दुर्घटना भएको थियो । अस्पतालमा ड्यूटी सकेर घर फर्कने क्रममा ललितपुरको इमाडोलमा उनी दुर्घटनामा परेकी थिइन् । लगत्तै उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो ।

अस्पतालको आइसीयूमा उपचाररत उनको शनिवार बिहान निधन भएको उनको फुपु विमान लिम्बुले जानकारी दिइन् । झापा भद्रपुर घर भएकी सुब्बा प्रसूति गृहको पोष्टअप वार्डमा कार्यरत थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्