पाल्पामा श’व बोकेको बस दुर्घटना हुँदा ७ को मृत्यु, ८ घाइते



पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

लु २ ख ७२७९ नम्बरको बस दुर्घटनामा आठ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ । श’व बोकेको बस दुर्घटनामा परेको हो । बसमा मलामीहरू सवार थिए ।

उद्धारको काम भएको र थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी परिचालन भएर उद्धार कार्य जारी रहेको छ ।

बस घुम्तीबाट खसेको थियो। सडक चिप्लो हुँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । मृत्यु हुनेहरूको नाम खुल्न बाँकी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्