सर्लाहीमा तीन जना सवार मोटरसाइल दुर्घटना हुँदा तीनै जनाको मृत्यु



सर्लाही । सर्लाहीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ ।

इश्वरपुर नगरपालिका–३ बयलबास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जङ्गलमा अनियन्त्रित भई बा १९ प ७१९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाइकल सडक छेउको रुखमा ठोकिएर बाटो भन्दा १० मिटर तल खसेको थियो ।

दुर्घटनामा ईश्वरपुर नगरपालिका–१० दसबिघा बस्ने वर्ष २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र रोहन सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित तीनजना लडेको अवस्थामा देखेपछि स्थानीयले आइतबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनाको समय र कारण खुल्न नसके पनि मादक पदार्थ सेवन अथवा बाक्लु हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तीन जनाको श’व जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्