पुरानै घरमा देवकोटा



सैघाली खबर
काठमाण्डौ  , २२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटालाई पार्टी प्रवेश गराउनु भएको छ ।

पार्टी मुख्यालय पेरिसडांडामा मंगलवार आयोजित पार्टी प्रवेश समारोहमा पूर्व माओवादी नेता समेत रहेका देवकोटा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो । पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताउनुभयो । स्थायित्व, समृद्धि र विकासको जनताको चाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान सुरु भएको वहाँले बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘समाजवादमा जाने हो भने सवै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली सक्कली बनेर हुँदैन । ‘भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईलाई समेत पार्टीमा फर्किन आव्हान गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘रेलको डिब्बा छाडेर इन्जिन मात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिन मात्रै कुदेर के हुन्छ रु जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगत बाहेक केही हुँदैन । अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्किनुस्”

माओवादी आन्दोलनका नेता कार्यकर्ताले बाबुरामलाई माया गर्ने बताउनुहुँदै अध्यक्ष प्रचण्डल पार्टीमा पुनर्मिलन हुन अनुरोध गर्नु भयो । “इतिहासको निर्माता जनता हुन्, नेता त जनताको भावना प्रतिनिधित्व गर्ने सेवक हो भन्ने कित्तामा कि इतिहास निर्माता महापुरुष र अलौकिक विद्वान हुन् भन्ने कित्तामा भनेर बाबुरामजीलाई भन्ने गरेको थिए,’ अध्यक्ष प्रचण्डले सम्झिनुभयो, “उहाँ एक्लै इतिहास निर्माण गर्न कुद्नुभयो ।”

अध्यक्ष प्रचण्डले देशमा कम्यूनिस्ट र दक्षिणपन्थीबीच ठूलो ध्रुवीकरण भइरहेको बताउनुहुँदैदै अध्यक्ष प्रचण्डले समृद्ध नेपाल निर्माणको लडाइमा केन्द्रीत हुन सबैमा आव्हान गर्नुभयो’ पार्टी एकताको पक्षमा बिभिन्न किसिमले तर्क बितर्क भइरहेको सन्दर्भ चर्चा गर्नुहुँदै अध्यक्ष प्रचण्डले जनताले एकताको पक्षमा आदेश दिएको बताउनुभयो । “पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौ, के भनौ भयो भने, जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला । यो अवसरवादी तर्क होइन, सही तर्क हो ।’

उक्त अवसरमा पार्टी प्रवेश गर्नुभएका नयाँशक्तिका प्रवक्ता तथा नेता खिमलाल देवकोटाले बाबुरामजीको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्