सुनको मूल्य ह्वत्तै घट्यो , कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ । बिहीबार सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बिहीबार चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्