वडा नं ४ मा खेलकुद प्रतियोगिता



सुन्दरपुर(राप्ती उपत्यका दाङ) । राप्ती गाउँपालिकाको वडा नं ४ मा खेलकुद प्रतियोगिता सुरु भएको छ ।

वडा नं ४ को वार्षिक कार्यक्रम अन्तरगत सबै गाउँका युवालाई समेटेर फुटबल, भलिबल र क्रिकेट खेलकुद प्रतियोगिता सुरु भएको हो ।

वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको विशिष्ट आथित्यतामा सुरु भएको खेलकुद प्रतियोगिता ४ दिन सम्म चल्ने छ ।

वडा सचिव भगवती सुवेदीले सहजीकरण गर्नु भएको उद्घाटन कार्यक्रममा प्रशासन शाखा प्रमुख विकास ज्ञवाली, शिक्षा शाखा अधिकृत वासुदेव खनाल, सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङ, प्राविधिक मान बहादुर जिसी लगायतले खेलाडीलाई अनुशासनमा रहेर खेल खेल्न र उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नु भएको छ ।

आठ टिम बिच फुटबल र भलिबल प्रतिस्पर्धा हुने र ५ टिम बिच क्रिकेट प्रतिस्पर्धा हुने छ । विजयी टिमलाई नगद, शिल्ड र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्