सर्वोत्तम बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न



दाङ ।  दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धु्रबराज पौडेलको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले सहकारीले नागरिकको आर्थिक विकासमा सहयोग पु¥याउने बताउनुभएको छ । आर्थिक विकासको प्रमुख आधार सहकारी भएकाले यसप्रति नागरिकको विश्वास बढाउन आवश्यक रहेको बताउनुभयो । यस्ता सहकारी आर्थिक कारोबारमा मात्र केन्द्रित नभएर सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन आग्रह गर्नुभएको थियो ।

उहाँले दाङमा पहिलो पटक यस सहकारीले सहकारी बजार सञ्चालनमा ल्याउनु नै स्थानीय खेतीको उत्पादनमा प्रोत्साहन मिलेको बताउनुभयो । यस संस्थाले सञ्चालन गरिरहेको सहकारी बजारको  व्यवस्थापकीय पक्ष बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा शुभकामना व्यक्त गर्दे विशिष्ट अतिथि एवं बहुउद्देश्यीय सहकारी सङ्घ दाङका अध्यक्ष कृष्णप्रसाद गौतम, जिल्ला सहकारी सङ्घ दाङका सदस्य कृष्णप्रसाद शर्मा, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल के.सी, ज्योति पुञ्ज आमावि घोराहीका प्रिन्सिपल बुद्धिराज अधिकारी,राष्ट्रिय सहकारी बैङ्क लिई. घोराही शाखा प्रमुख डिल्लीराज दाहाल, शेयर सदस्यहरू नरेन्द्र केसी, माधव चौधरी , शारदा शर्मा लगायतले सहकारीलाई उत्पादन र उद्यमशीलतासँग जोडेर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

साधारण सभामा नियमित रूपमा बचत गर्ने सदस्य तर्फ कुसुम गौतम शर्मा,असल ऋण कारोबार गर्ने सदस्य तर्फ शान्ता के.सी. र शेयर सदस्य सङ्ख्या वृद्धि गर्ने सदस्य तर्फ शालिकराम खनाल लाई सम्मान गरिएको थियो । साथै सहकारी संस्थाले सञ्चालन गरेको सहकारी बजारमा सबैभन्दा बढी कारोबार गर्ने सदस्यहरूतर्फ सुनकुमारी घर्ती,कमल थपलिया,नवीन कुमार पाण्डे,दिनेश गौतम,ज्योति पुञ्ज आ.मा.वि.,सुनिता खड्का,पद्मा लम्साल,लोकेन्द्र बुढाथोकी,गिरिराज शर्मा र सरस्वता पार्धे लाई कारोबार अङ्कको आधारमा प्राप्त रकम सहित सम्मान गरिएको थियो ।

पाँच सय दुई सेयर सदस्य रहेको सहकारी संस्थामा वर्ष भरी बढी कारोबार गर्ने १० जना सेयर सदस्यलाई सम्मान गरिएको हो । त्यस्तै सेयर सदस्य वृद्धि गराए बापत सालिकराम खनाल, असल ऋण कारोबार गर्नेमा शान्ता के.सी र नियमित बचत गर्न तर्फ कुसुम गौतमलाई संस्थाले सम्मान गरेको छ ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष ध्रुवराज पौडेल र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष गुरुप्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संस्थाको लेखा सुपरिवेक्षण प्रतिवेदन समितिका संयोजक खिमराज खनाल र सहकारी बजार परियोजना प्रमुख कमल थपलियाले सहकारी बजारको विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव हेमराज शर्माले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई संस्थाका सञ्चालक युवराज थपलियाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

दाङ जिल्लाभर कार्यक्षेत्र रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले घोराहीको तुलसीपुर चोकमा सहकारी बजार सञ्चालन गर्नुका साथै दाङको जडीबुटी पकेट क्षेत्रमा जडीबुटीका बिरुवाहरू स्थानीयहरूको सहभागितामा वृक्षारोपण गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्