ठगी मुद्दामा दाङका गुण्डा नाइके विकास पुन सुन्धाराबाट प’क्राउ



काठमाडौँ । दाङको गुण्डानाईके घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४० वर्षका विकास पुनलाई प्रहरीले प’क्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुनलाई सोमबार राति ठगी मुद्दामा सुनधाराबाट प’क्राउ गरिएको हो ।

पुनविरुद्ध गत पुस २१ गते कपिलवस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए। पुनले आफूलाई खोलाको काममा पार्टनर बनाउने भन्दै पैसा लिएर भागेको थापाको आरोप छ ।

दाङ घोराहीका ‘डन’ भनेर चिनिने पुन यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार उनी पहिलो पटक २०७३ सालमा ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए । पुनको उक्त विकासविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ।

दाङको देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो। उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए।

स्रोतका अनुसार पछिल्लो समय पुनले दाङको देउखुरी क्षेत्रस्थित राप्ती नदीबाट बालुवा गिट्टी निकासीको काम गर्दै आएका छन् । पुनमाथि घोराहीलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी, चन्दा असुली र मिटर ब्याजमा लगाएका पैसा असुल्ने गर्दै आएको समेत आरोप लाग्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्