आज ह्वात्तै बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । बिहीबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज प्रतितोला १ हजार रुपैयाँले बढेको भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । हिजो प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसै गरी, आज तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार महासङ्घले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य पनि बढेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्