दाङकाे तुलसीपुरमा सात दिनपछि खड्काको श’व भेटियो



तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का डम्मर बहादुर खड्काको श’व भेटिएको छ । अन्दाजी ५५ वर्षीय खड्का गएको पुस २९ गते राजपुर गाउँपालिका वडा नं. ७ सिक्टा स्थित सानिमा सासुको घरमा जाने क्रममा सोही दिनदेखि सम्पर्क बिहीन भएका थिए ।

खड्काको बुधबार दिउँसो साढे दुई बजे राजपुर गाउँपालिकाको गल्छी स्थित राप्ती नदिको किनारमा श’व भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनको श’वलाई पोष्टमाटमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्