दाङमा राष्ट्रियसभा निर्वाचनमा आउँदै गरेको गाडी दुर्घटना, सांसद घाइते



घोराही । राष्ट्रियसभा निर्वाचनको मतदानका लागि घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका छन् । 

सांसद तुलसी चौधरी चढेको  बा २ झ ३४४४ स्कार्पिओ  सुदूरपश्चिम –०१–००–११ १ ख २५८४ नम्बरको ट्रकसँग बिहान साढे ९ बजेतिर ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सांसद चौधरीको हातमा सामान्य चोट लागेको छ। उनीसँगै रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष कृष्णचन्द्र चौधरी पनि सामान्य घाइतेको भएका छन्। उनीहरुको उपचार दाडमा नै गर्ने जनाएको छ।

चौधरी रुपन्देही क्षेत्र नम्बर ३ ख का एमाले सांसद हुन् । दुर्घटनापछि चौधरी अर्को गाडी चढेर घोराही गएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्