ह्वात्तै घट्यो सुनचाँदी मुल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । बुधवारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको आज प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । चाँदी बिहीबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्