फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । बिहीबार ९ सयले घटेको सुनको मूल्य आज पनि तोलामा ९ सयले नै घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेको छ यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५ पैसा कायम भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्