पूर्वसैनिक सहकारी संस्थाले मनायो तेस्रो स्थापना दिवस



बुटवल । पूर्वसैनिक कृषि सहकारी संस्था लिमिटेडको तेस्रो स्थापना दिवस सम्पन्न भएको छ ।

तिलोत्तमा नगरपालिका वार्ड नं–७ भलवारीमा रहेको उक्त सहकारी संस्थाले शुक्रबार एक कार्यक्रमको आयोजना गरिएको थियो ।

संस्थाका अध्यक्ष गुरुङले शेयर सदस्यको शेयर तथा बचत रकम हिनामिना हुन नदिई संस्थाको उद्देश्य प्राप्तिको लागि संस्था र शेयर सदस्यहरुको हक र हितमा खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले तीन वर्षभित्रै संस्थालाई नमूना सहकारीको रुपमा विकास गर्ने दृढता व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार उपेन्द्रराज ज्ञवालीले बोल्दै देश र राष्ट्रका सेवक विभिन्न क्षेत्रको ज्ञान र अनुभवबाट अवकाश प्राप्त इमान्दार र परिपक्व व्यक्तिहरुबाट संचालिन संस्थाले छोटो समयमा प्रगति गर्न सफल भएको बताए ।

कार्यक्रममा संस्थाको उद्देश्य बमोजिम कृषि कार्यक्रम ल्याई शेयर सदस्यहरुलाई मात्र नभई समाजलाई नै प्रत्यक्ष फाइदा पुर्याएको संस्थाले जानकारी थिएको थियो ।

कार्यक्रमको अध्यक्ष संस्थाका गुरुङ्गले गरेका थिए भने वरिष्ठ सल्लाहकार भिमबहादुर खाम्चा प्रमुख रहेका थिए ।

त्यसैगरी कार्यक्रमको संचालन संस्थाका सचिव कृष्णबहादुर पुन र स्वागत संस्थाका कोषाध्यक्ष गिरीप्रसाद रानाले गरेका थिए ।

  • कमलसिंह चौधरीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्