निरन्तर घट्दै सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले घटेर रु एक हजार २४०मा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्