तीन सयले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?



काठमाडौँ। नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ। बुधवार छापावाला सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलवार प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ । चाँदी प्रति तोला १५ रुपैयाँले बढेको हो। मङ्गलवार चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्