ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु, दुई गम्भिर घाइते



बुटवल । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कारमा सवार बुटवल ११ का २८ वर्षिया सविन थारु, २७ वर्षका गोविन्द चौधरी र बुटवल १२ का नविन श्रेष्ठको मृत्यु भएको हो । २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठोक्किँएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बुटवल–१२ का भागिरथ चौधरी र अनिश जिसीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्