नवलपरासीमा भयानक सवारी दुर्घटना दुई जना गम्भीर घाइते




नवलपरासी । नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् ।

शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ७ सुर्यपुरा स्थित झुलनीपुर त्रिवेणी सडक खण्ड अन्तर्गत साढे चार बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको युपी ५६ ए यल १५१४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको लु २ प २०५४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक  प्रतापपुर वडा नं.६ बस्ने अन्दाजी ३५ / ४० वर्षीय  राजेश केवट गम्भीर घाइते भएका हुन ।

गम्भीर घाइते केवटलाई उपचारको लागी मेडिकल कलेज भैरहवा पठाइएको जिल्ला  प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनु भएको छ ।

यसै गरी अर्को नेपाली प्लेट मोटरसाइकल भएको  चालकको नाम राजेश यादव अन्दाजी वर्ष ३५ / ४० का हुन । उनको घर सुनवल नगरपालिका वडा नं १० हो । गम्भीर घाइते यादवको उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

हाल दुवै मोटरसाइकल नेपाल प्रहरीको नियन्त्रणमा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्