कैलालीमा बोक्सीको आरोपमा कुटिएकी राधाबारे संसदमा बहस, दोषीलाई कार्वाहीको माग



सैघाली खबर
काठमाडौं, २७ फागुन । बोक्सीकानाममा कैलालीकी युवतीमाथि भएको आक्रमणको चर्को निन्दा गर्दै घटनामा संलग्न दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन्।

सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध चयन भएपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको संसद बैठकमा बोल्दै विभिन्‍न दलका संसदहरुले पीडित युवतीलाई तत्कालै न्यायको घेरामा ल्याउन सरकारलाई दवाब समेत दिएका छन्।

माओवादी केन्द्रका नेता वर्षमान पुनले कैलाली घटनाबारे संसदमा आवाज उठाउनु पर्ने र सरकारले त्यसमा जतिसक्दो छिटो सम्बोधन गर्नुपर्ने बताए। सामाजिक विभेदको अन्त्य नभएसम्म विकास र समृद्धिको सपना पुरा नहुने उनको भनाई थियो।

राष्टिय जमोर्चाकी सांसद दुर्गा पौडेलले बोक्सीको आरोपमा आक्रमणमा परेकी युवतिलाई न्याय दिलाएर संसदले राम्रो कामको थालनी गर्नु पर्नेमा जोड दिइन्। उनले भनिन,’ हामीय यहाँ अन्यायमा परेका जनतालाई न्याय दिन आएका हौं। हामी वास्तवमै जनप्रतिनिधि हौं भने बोक्सीको नाममा चरम यातना भोगेकी युवतीलाई न्याय दिएर संसदको सुरुवाती चरण नै अर्थपूर्ण बनाउनुपर्छ,’ पौडेलले भनिन्।

नेपाल मजदुर किसान पार्टाीका सांसद प्रेम सुवालले कैलाली घटनाले मुलुकभरको सामाजिक विभेद उदाङ्‌गो पारेको र पीडित छात्रामाथि भएको अत्याचार गर्नेलाई सरकारले तत्काल कारवाही गर्नु पर्ने बताए।

बैठकमा एमाले नेता झलनाथ खनाल, शंशाक कोइराला, सरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ, राजेन्द्र प्रसाद लिङदेनले पनि बोल्ने मौका पाएका थिए। तर उनीहरुले भने कैलाली घटनाबारे कुनै आवाज उठाएनन्।

सभामुख कृष्ण बहादुर महराले पनि त्यस विषयमा कुनै सम्बोधन गरेनन्।यद्यपि यो संसदको मुख्य जिम्मेवारी संविधान कार्यान्वयन भएकोमा जोड दिए।
उनले विकास, समृद्धि, शान्ति र सूशासनका लागि संसदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्