भारी मतमा प्रधानमन्त्री



सैघाली खबर

 

काठमाडौँ , २७ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन चौथाइ बहुमतसहित विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनमा केपी ओली नेतृत्वको गठबन्धन सरकारले तीन चौथाइ मत पाएको छ ।विश्वासको मतको विपक्षमा कांग्रेसले मात्रै मतदान गर्‍यो भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०ले भोटै दिएन । एक सांसद रहेको नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई देशबाहिर रहेकाले उपस्थित हुन सकेनन् ।

६३ सदस्य रहेको कांग्रेसका ६० सांसदले विपक्षमा मतदान गरे।२७५ सदस्यीय प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनमा २६८ सांसदमात्र उपस्थित थिए। राजपाका रेशमलाल चौधरी टीकापुर प्रकरणका दोषी रहेको आरोपमा थुनामा छन्।

प्रधानमन्त्रीको पक्षमा वाम गठबन्धनका एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा, जनमोर्चा र स्वतन्त्र सांसद छक्कबहादुर लामाले मत दिए।

संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको समर्थनमा ओली फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँ, भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न।’

प्रधानमन्त्रीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको पनि बताए। ‘दमनकारी शासक होइन, सुशासन दिने शासक हुन चाहन्छु,’ उनको भनाइ थियो, ‘सरकार विकासको अग्रणी हुन्छ, भ्रष्टाचार विरोधी हुन्छ, सदाचारको अभियन्ता हुन्छ।’

विपक्षी कांग्रेसलाई संकेत गर्दै ओलीले आफूले विगत र वर्तमानमा विश्वास गर्नै नहुने कुनै काम नगरेको भन्दै मत मागे। ‘मलाई विश्वास नगरेर संसदको कुन हातले कता भोट देला ररु,’ उनको भनाइ थियो, ‘प्रतिपक्षले सत्तापक्षलाई भोट दिन मिल्छ, २ नम्बर प्रदेशमा एमाले माओवादी विपक्षमा छन् तर मत दिएका छौं। प्रतिपक्षीलाई कुनै अप्ठ्यारो पर्छ कि भन्नुपर्दैन, कानुनी अप्ठ्यारा छैनन्।’

समृद्धिको अगुवाइ सत्तापक्ष र प्रधानमन्त्रीको हिसावले आफूले नेतृत्व गर्ने भए पनि विकासको अभियान सत्तापक्षको मात्र नहुने भन्दै विपक्षीको सहयोग मागे।

विपक्षी सांसदहरुले दुई तिहाइ बहुमत दुरुपयोग गर्ने आशंका गरेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिंदै भने, ‘मैले दुई तिहाइमात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो। दम्भका लागि, दुरुपयोगका लागि होइन। म प्रधानमन्त्री नेकपा एमालेको होइन, एमाले र माओवादी केन्द्रको पनि होइन नेपालको प्रधानमन्त्रीकोरुपमा काम गर्छु।’

प्रधानमन्त्री ओलीले आफूले बोलेका हरेक कुराको जवाफदेहिता लिने बताउँदै एकछिनका निम्ति असल र राम्रा कुरा गरेर उम्किने हिसाबले प्रधानमन्त्रीको पदमा नआएको स्पष्ट पारे। ‘कुनै एस्क्युज खोज्दिन, उत्तरदायी र जवाफदेही हुने हो,’ चुनावी घोषणापत्रका विषयमा कांग्रेसले उठाएको प्रश्नको जवाफ दिंदै उनले भने, ‘घोषणापत्र बिहान बिहान पारि तरौंला भनेर पाठ गर्न ल्याएको होइन। परलोकको कुरा गरेको होइन, इहलोक बनाउने कुरा गरेको हो।’

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीको ‘काउण्टडाउन’ सुरु भएको भन्दै दिएको चेतावनीप्रति ओलीको भनाइ थियो, ‘म सिमाभित्र छु, असीमित ज्ञान असीमित सामर्थ्य, असमीमित समय छैन। तर, इमान, प्रतिबद्धता र अठोट असीमित छन्।’ देश बनाउने विषयमा चिन्ता नलिन आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘देश बन्छ, ढुक्क भएर सुत्नुहोला, निन्द्रा नबिग्रियोस्।’

अहिले सरकारले लोकतन्त्र, आधारभूत मूल्य मान्यता मास्ला भनेर आशंका नगर्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘प्रतिपक्ष भनेपछि विरोध गर्नुपर्छ भन्ने परम्परा रहेको छ। गुणदोषका आधारमा समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ।’

नेपालको सामाजिक विभेद आफ्नो सरकारले हुर्काएकोजस्तो आरोप लगाएकोमा ओलीको भनाइ थियो, ‘एक महिना भएको छैन, सरकारले अस्ती रोपेर हुर्काएको जस्तो कुरा भयो, कैलालीको थाहा पाउनेवित्तिकै सरकारको तर्फबाट निर्देशन दिएको छ। गिरफ्तार गर्ने आदेश दिएको छु, कानुनबाट दण्डबाट उन्मुक्ति दिन सक्दैन सामाजिक पछौटेपन २५ दिनदेखिको होइन।’

काठमाडौंको दरबारमार्ग, ललितपुरगायतका ठाउँमा भएको बलात्कारका घटना मध्यस्थताबाट मिलाएकोमा विरोध गर्दै भने, ‘मध्यस्थताका दिन गए अब कडाइका साथ कारबाही गरिन्छ।’

कांग्रेस सरकारको ‘वाचडग’
प्रमुख विपक्षी कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन नसक्ने स्पष्ट पार्दै कांग्रेस ‘वाचडग’कोरुपमा रहने बतायो।

प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि आइतबार संसदमा भएको छलफलमा विपक्षी दलको तर्फबाट कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको हेर्न चाहेको बताए। ‘सदन प्रतिपक्ष बिनाको हुँदैन, प्रतिपक्ष रहन्छ नै, संसदीय व्यवस्था प्रतिपक्षबिनाको संसद कल्पना गर्न सकिंदैन। अहिले प्रमुख प्रतिपक्षीले गुण दोषका आधारमा समर्थन र विरोध गर्ने गर्छ,’ गच्छदारले भने, ‘विश्वासको मत दिइहाल्दैनौं, ‘वाचडग’कोरुपमा रहन्छौं।’

गच्छदारले देश निर्माणमा मिलेर जान प्रधानमन्त्रीले देखाएको सदाशयताप्रति धन्यवाद दिंदै तीन महिनाको हनिमुन पिडियडसम्मे हेर्ने बताए। ‘सय दिनमा तपाईंले प्रतिबद्धता व्यवहारमा कति उतार्नुहुन्छ,’ उनले भने, ‘कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका नै निर्वाह गर्नेछ।’ गच्छदारले मधेसकेन्द्रितसहित साना दललाईसमेत सहभागी गराएर सरकार बनाउने प्रधानमन्त्रीको तयारीप्रति खुसी व्यक्त गरे।

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती आजबाट सुरु भएको चेतावनी दिए।

चुनावमा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका कतिपय महात्त्वाकांक्षी योजनाहरु पढेर सुनाउँदै थापाले भने, ‘आजबाट दिनगन्ती सुरु भएको छ। नो इफ नो बट। आजबाट हामी प्रतिपक्षमा बसेर हिसाव किताव लिन्छौं। उधारो होइन, नगदमा खनखनी।’

प्रधानमन्त्री केपी ओली मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदको प्रशंसक रहेको सुनाउँदै भने, ‘सत्तापक्षको बहुमत हुँदाहुँदै किन दुई तिहाइ चाहियोरु यो दिव्यक्तशक्तिको कारण र नियत के होरु’ प्रधानमन्त्री चाहिनेभन्दा बढी बलियो बनाउन चाहेर सत्तापक्षले आशंका जन्माएको थापाको भनाइ थियो।

कांग्रेस नेतृ पुष्पा भूसालले संसदबाट सरकार निर्माण नगरी प्रधानमन्त्रीले शपथ लिन हतार गरेको, राष्ट्रिय सभामा पूर्ववर्ती सरकारले गरेको सिफारिस फिर्ता गरेर प्रधानमन्त्रीले सिस्टम बिगारेको आरोप लगाइन्। कांग्रेसकै अतहर कमाल मुसलमानले गठबन्धन सरकारका कतिपय निर्णयहरु शंकास्पद रहेको भन्दै तत्काल समर्थन गर्न नसकिने धारणा राखे।

सरकार ‘एक्सन’मा जानुपर्छ  दाहाल
वाम गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको पक्षमा तत्कालै एक्सनमा गएर काम गर्नुपर्ने बताए। ‘अब यसो भयो भन्ने होइन, सिधै दोषिमाथि कारबाही गर्नुपर्छ,’ दाहालले भने, ‘भाषण गरेर जनताले विश्वास गर्दैन।’

केपी ओली सरकार बलियो अधिकारसहित र दुई तिहाइ नजिक रहेको बताउँदै दाहालले परिणाम देखाउने गरी काम गर्न सुझाव दिए। ‘सरकारले एक्सन लिन सुरु गरोस् परिणाम देखाउन सुरु गरोस्, दोषिलाई जे गर्ने हो गरोस्, कठोर कदम चालोस्,’ उनको सुझाव थियो, ‘ऐन–नियममा के व्यवस्था गर्नुपर्ने हो गरोस्, जनताले सरकारबाट एक्सन नै खोजेका छन्।’

प्रधानमन्त्रीले देश बनाउने हर भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभएकोमा धन्यवाद दिंदै उनले लुलो हातले होइन बलियो हातले काम गर्न सुझाव दिए।

दाहालले माओवादी शान्ति प्रक्रियामा आएपछि बनेका १० मध्ये ८ वटा सरकार बनाउन आफ्नो भूमिका रहेको स्मरण गर्दै भने, ‘८ वटा बनाउने अवसर पाएको छु, भविष्यमा कति प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा नाम लेखिन्छरु’ उनले कतिपयलाई संसदमा ल्याउन अप्रत्यक्ष भूमिका खेलेर र कतिपयाल्ई सिधै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको उल्लेख गरे।

प्रधानमन्त्रीले गणेश प्रवृत्ति बोकेकालाई होइन, कामकाजीको टिम बनाउनुपर्छस् माधव नेपाल
पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामकाजीको टिम बनाउन सुझाव दिए।

प्रधानमन्त्रीको विश्वासको पक्षमा मत दिंदै नेता नेपालले ओलीको प्रारम्भीक संकेत राम्रो रहेको भन्दै प्रशंसा गरे। ‘राम्रा मान्छेको टिम बनाउनुपर्छ, अहिले प्रधानमन्त्री केपी ओलीले त्यस्तै टिम बनाउनुभएको छ,’ उनको भनाइ थियो, ‘गणेश प्रवृत्ति बोकेकालाई होइन, राम्रा, असल, कामकाजी, असल, देशभक्त र केही गरौं भन्ने भावना भएकाहरुको टिम बनाउनुपर्छ।’

प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले आशा बढाएको उल्लेख गर्दै नेता नेपालले भने, ‘प्रधानमन्त्री अगाडि बढ्नुपर्छ, तपाईं हाम्रो छाला गैंडाकोजस्तो हुनुभएन, सबै घटनाप्रति जानकार र संवेदनशीलताको खाँचो छ। जनताको पीडा र व्यथालाई आफ्नो पीडा र व्यथा ठान्ने हुनुपर्छ।’

मधेसवादी दलको पनि समर्थन
निर्वाचनअघिसम्म तित्ततापूर्ण सम्बन्ध रहेका मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम, नेपालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विश्वासको मत दिएको छ।

राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले कुनै लिखित सहमति र सम्झौताबिना राजपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए। ‘लिखितरुपमा कुनै सहमति भएको छैन,’ संसदमा विश्वासको मतमाथि भएको छलफलमा उनले भने, ‘प्रधानमन्त्रीको वचनमा विश्वास छ, प्रधानमन्त्रीले जे बोल्नुहुन्छ त्यो गर्नुहुन्छ।’

यादवले प्रधानमन्त्रीले नेपाल र नेपाली जनता एक भएको प्रतिबद्धता जनाए स्वयं प्रधानमन्त्री र सरकारको उचाई माथि जाने विश्वास व्यक्त गरे। ‘त्यसो भयो भने तपार्इंको र सरकारको उचाई माथि हुन्छ,’ उनको भनाइ थियो, ‘हिमाल, पहाड र तराईको विकासको लागि आफ्नो माग र मुद्दा सम्बोधन हुनेछ, विश्वासको परम्परा हुनेछ, समृद्धि र शान्तिका लागि प्रस्थान विन्दु हुनेछ।’यादवले राजपा तत्काल सरकारमा भने नजाने स्पष्ट पारे। ‘सरकारमा जाने राजापको प्राथमिकता छैन,’ उनको भनाइ छ, ‘संधिवान संशोधनपछि सरकारले वातावरण बनायो भने सरकारमा जानेबारे सोच्न सकिन्छ।’

विश्वासको माग माग्दै प्रधानमन्त्रीले मधेसका मागप्रति प्रतिबद्धता जनाउने विश्वास भए पनि प्रधानमन्त्रीले त्यस्तो प्रतिबद्धता नजनाएकोमा दुस्ख व्यक्त गर्दै यादवले भने, ‘तर पनि प्रधानमन्त्रीजीलाई सहयोग गर्न तयार छौं, वातावरण बनाउनुहुन्छ कि हुँदैन भन्ने प्रधानमन्त्री र सत्तारुढ दलको हातमा छ।’

संघीय समाजवादी फोरम, नेपालकी नेतृ सरिता गिरीले प्रधानमन्त्रीमाथि अटल विश्वासको मत दिने बताइन्। ‘संविधानअनुसार दुई वर्षसम्म अविश्वासको मत ल्याउन सकिंदैन,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले विश्वासको सम्मान गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ।’ गिरीले विश्वासको मत फिर्ता लिने अधिकार भने आफूहरुसँग सुरक्षित गरेको बताइन्।

एक सिटे दलको पनि समर्थन
प्रधानमन्त्रीलाई एक–एक सिट रहेका राप्रपा र जनमोर्चाले पनि समर्थन गरे।

‘केपी ओलीलाई जनमतले विश्वास गरेको छ,’ राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङ्देनले विश्वासको मत दिदै भने, ‘राप्रपाको एक मतको केही अर्थ छैन, तर विकास र समृद्धिका लागि विश्वासको मत रहने विश्वास जनाउँछौं।’

लिङ्देनले देश बनाउन बहुमत र अल्पमतले रोक्न नसक्ने बताउँदै विकास र समृद्धि हुन्छ भने देशलाई फाइदा हुन्छ जस्तोसुकै कदम चाले पनि समर्थन गर्ने बताए।

‘कतिपयले देश इथोपिया र सिरिया बन्छ भन्नेहरुका बीच तपाईं देश बनाउने अवसर पाउनुभएको छ, देश लथालिंग छ, देशले गरिवले नपाउने जातले पाउने अवस्था छ,’ उनको भनाइ छ, ‘कोदो खान नपाएर मधेस झरेको लिम्बूको छोरा हुँ, फेरि भन्छु सेवा सुविधा मर्दा लैजान सक्दैनौं।’

जनमोर्चाको तर्फबाट सांसद दुर्गा पौडेलले प्रधानमन्त्रीले विकास, समृद्धि र सामाजिक न्यायको पक्षमा जनाएको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै पक्षमा मत दिने बताइन्। उनले नयाँ सरकारले विश्वासको मतको कदर गर्ने पनि आशा जनाइन्।

नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० एकमात्र सांसद प्रेम सुवालले कुनै पनि पक्षमा भोट दिएनन्। बहुदलवादी दलहरुले तीन प्रतिशतको ुथ्रेस होल्डुले निर्दलीयताको पक्षपोषण गरेको आरोप लगाउँदै नेमकिपाले कुनै पनि पक्षमा मत नदिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्